‘वेलकम टु हेम्जाकोट’ बाट डेब्यु गर्दै अस्मिता पन्त (फोटो फिचर)



काठमाडौँ। बारा जिल्लामा जन्मिएकी मोडल तथा अभिनेत्री अस्मिता पन्त अभिनित चलचित्र ‘वेलकम टु हेम्जाकोट’ यहि जेठ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। सरोज पौडेल निर्देशित चलचित्रको केहि दिन अघि मात्रै ट्रेलर सार्वजनिक गरिएको थियो। अस्मिता अभिनित यो पहिलो चलचित्र हो। आफ्नै ब्यबसायमा व्यस्त अस्मिताले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरि सकेकी छन्।

आफ्नो काम संगै समय मिलायर निरन्तर अभिनय गर्ने उनको सोच रहेको छ। अभिनय आफ्नो रुचिको बिषय भएकोले यसमा निरन्तर अघि बढ्ने उनको योजना रहेको छ। मेहनत, कामप्रति दृढ संकल्प र सुन्दर अनुहारले उनलाई चलचित्र उद्योगमा लामो यात्रा गर्ने संकेत गर्छ । आफ्नो कला र खुवीले अघि बढ्ने सोचका साथ अघि बढिरहेकी पन्तले केहि नयाँ प्रोजेक्टहरुमा काम गर्ने तयारीमा छन्।


सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.