मौलिक गीत ‘रामदली मकै गोड्ने भाका’ सार्वजनिक (भिडियो)



काठमाडौँ। नेपाली कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले मौलिक परम्परामा आधारित गीत ‘राम दली मकै गोड्ने भाका’ को भिडियो सहित सार्वजनिक गरिएको छ। रामेछाप जिल्ला लगायत अन्य ३२ वटा जिल्लामा प्रचलित भाकालाई समेटेर बनाईएको गीतमा दीपक लाखे र अन्जना सारु मगरको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत दीपक लाखेको रहेको छ।

कमल एक्चै मगरले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा छायाँकन गरिएको हो। चक्र बहादुर महर्जनले छायाँकन गरेको भिडियोमा ड्रोन पाइलट मृगेन्द्र राज भण्डारी हुन्। भिडियो पर्फोर्मिंग आर्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.