मण्डलामा जेठ १६ देखि बुद्ध र भिखारी



काठमाडौं। मण्डला नाटकघरमा जेठ १६ देखि ३२ गते सम्म नाटक ‘बुद्ध र भिखारी’ मञ्चन हुने भएको छ । चुलाचुली थिएटरको प्रस्तुती रहेको नाटकलाई चेतन आङ्थुपोले नाट्य रुपान्तरण तथा अनुवादन गरेका हुन भने परिकल्पना तथा निर्देशन अनिल सुब्बाले गरेका छन ।

नेपाली पौराणिक लोककथालाई नाट्यरुपान्तरण गरि “स्याडो प्ले” मार्फत मञ्चन गरिने निर्देशक सुब्बाले बताए । त्यसो त नेपाली रंगमञ्चमा यश फर्मको प्रयोग कमै मात्रामा भएको पाइन्छ ।

करिब १ घण्टाको अनुमानित समय राखिएको नाटक सोमबार बाहेक हरेक दिन बेलुका ५ बजे देखि र अतिरिक्त शो शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ ।

नाटकमा कलाकारहरु बेदना राई,प्रतिना राई,रमिता राई,रुपेश लामा,गणेश ताण्डब,नबिन चन्द्र अर्याल,सुनिल तामाङ,सौजन सेनेहाङ लिम्बु,सन्जिब योगि,मनिश मगर,मोहन राई रहनेछन भने बाल कृष्ण राई,सुरज तमु,अनिल सुब्बा र प्रबृदि राईको संगित सुनिने छ ।

यश नाटकको लागि यो चौथो मञ्चन रहने छ । यश अघि ७८ चैतमा चुलाचुली ३ स्थित मिलन क्लबको सभाहलमा, त्यस्तै ७९ बैशाखमा राष्ट्रिय नाचघर जमलमा आयोजित बुद्ध नाट्य महोत्सवमा र ७९ मंसिरमा अन्तरास्ट्रिय नाट्य महोत्सव -२०७९ मा थापागाँउ स्थित मण्डला नाटकघरमा मञ्चन भएको थियो ।

आफ्नो झुपडीमा मुसाहरुले दिएको दुख बाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरी गरेको संघर्ष र रमाइलो पलहरुलाई नाटकमा देख्न सकिन्छ ।

चुलाचुली रंगमञ्चका संस्थापक अध्यक्ष समेत रहेका यश नाटकका अनुवादक आङ्थुपो बताउँछन् ,” गाउँमाबाट पहिलो पटक स्याडो प्ले गाउँका दर्शकहरुलाई देखाउँदा कसरी बुझ्लान भन्ने थियो । जब पहिलो पटक बुद्ध नाटक महोत्सवमा नाटकले सहभागिता पाएपछि यस जनराको नाटक र प्रस्तुतिको सोचेको भन्दा धेरै राम्रो प्रतिक्रिया सुन्न पाउँदा खुसी थियौं ।