सिमानामा ‘काँडेतार’ किन?



काठमाडौँ। नक्कली भुटानी शरणार्थी भष्ट्राचारको चर्चा सँगै सिमानामा काँडेतारको आवश्यकताबारे व्यापक छलफल हुन थालेको छ। यस्तो छलफल सेन्सर बोर्डले चलचित्र ‘काँडेतार’ लाई रोक लगाएपछि त्यस निर्णयका विरोधमा ग्रेटर नेपाल महाअभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा भएको थियो। पत्रकार सम्मेलनमा ‘काँडेतार’ चलचित्रका नायक, निर्माता, निर्देशक नवल खड्काले भने ‘यदि नेपाल भारतको सिमानामा काँडेतार भइदिएको भए नक्कली भुटानी शरणार्थी जस्तो भष्ट्राचार हुन सक्दैनथ्यो र हाम्रो मुलुकको अन्तर्राष्ट्रिय बेइजति हुदैनथ्यो’। उनले काँडेतार चलचित्र निर्माण गर्नुपर्ने कारणबारे बताउँदै भने यो चलचित्र वास्तवमा खुला सिमानालाई नियमित गरी सिमानामा काँडेतार वार लगाउनु पर्छ भन्ने खुल्ला प्रस्ताव हो र अभियान हो। यो सिमाङ्कन गर्ने बैज्ञानिक आधार हो र उपाय हो। यसले सँधियार मुलुकबीच विवाद साम्य गर्छ। यसले आवागमनको ऐतिहासिकता र परम्परालाई नियमित गरेर सीमाको रक्षा र सीमावारपार शान्ति कायम गर्छ।

यसले मानवको जथाभावी आवतजावतलाई त रोक्छ नै साथै महामारीसमेत रोक्छ। तर हामीले सिमानामा काडेतारको औचित्यबारे बुझ्न सकेनौ भने नक्कली भुटानी शरणार्थी जस्ता अनेकन काण्डहरु भइरहनेछन् र नेपाल देश भुगोलमा होइन गुगलमा सर्च गर्नुपर्ने दिन आउन सक्छ खड्काले चेतावनी दिए। आयोजक संस्था ग्रेटर नेपाल महाअभियानका अध्यक्ष डा.सुरेन्द्र ढकालले ” काँडेतार” चलचित्रलाई सरकारले रोक्न नमिल्ने भन्दै, राज्य र सरकारमा रहेका अनेकन पात्रहरुका सोचाइ र कार्यहरु राष्ट्रवाद विरोधी र देशको हित विरोधी भएको आराेप समेत लगाए। त्यसैगरी चलचित्रलाई सेन्सर पास नगरेको विरोधमा बिराटनगरको ट्राफिक चोकमा पनि एक बिरोध सभा भएको छ।

त्यस्तै मधेश प्रदेशको ढल्केबरमा पनि काँडेतार चलचित्रलाई नेपाल सेन्सर बोर्डले रोक्न नहुने भन्दै एक विरोध सभा गरेको छ। उक्त सभा प्रशान्त यादव सहितको मिथिला यूवा सञ्जाल समूहले गरेको छ ।

सामना फ्लिम परिवारले निर्माण गरेको काँडेतार चलचित्रमा मुख्य कलाकारहरू:- नवल खड्का, गौरब पहाडी, सुरबिना कार्की, रेविका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर,प्रेम सुब्बा ,संजय खतिवडा , पुष्प श्रेष्ठ ,राेमियन लिम्बू छन् भने अन्य कलाकारहरुमा पर्शुराम चौधरी, महेश गिरी, श्री केशव रायमाझी, रवि कुमार शाह, ज्ञानेन्द्र कोइराला, केवल जङ्ग कुवर, खेम नेपाली, राम बिश्वास, छवि बैरागी, मातृका घिमिरे, राजेन्द्र भगत, पन्नालाल सिक्दार, प्रेम कार्की, अन्जु के.सि., प्रतिक श्रेष्ठ , निरज ब्ल्याक, रामेश्वर बुर्लाकाेटी रतु चौधरी, कल्पना पाण्डे, लक्ष्छुमन पून्य, कालुराम खवास, भरत गुरागाई, रोमन कट्टेल रहेका छन्। यसैंगरी वालकलाकार;- नादिया खड्का र सनया खड्का आदि छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
विशेष संवाददाता: सुशील नेपाल

सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2024 | All Right Reserved.