‘नम्बरी सुन’ को पहिलो गीत सार्वजनिक



काठमाडौँ । राजु गिरीको निर्देशिनमा बनेको चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत सार्वजनिक गरिएको छ । भदौ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘नम्बरी सुन’को शीर्ष गीतमा राजेशपायल र शान्तिश्रीको स्वर सुन्न सकिन्छ । नारायण खातीको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गीत सोमवार दिउँसो राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् ।

अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व रहेको फिल्ममा गौतम राज खड्काको सम्पादन रहेको छ । फिल्मलाई काठमाडौँ उपत्यका भित्र जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।