नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा (सूचीसहित)



काठमाडौं । ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा भएको छ । आइतबार सोल्टी होटलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गरे । यस संस्करणमा ‘छक्कापञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’को वर्चश्व देखिएको छ ।

‘छक्कापञ्जा ४’ उत्कृष्ट फिल्मसहितका १५ विधामा मनोनित हुँदा ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ समान ११÷११ विधामा छानिएका छन् । ‘फूलबारी’ ९ विधामा मनोनित छ । समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले गणतन्त्रपछि नेपाली फिल्मले देश तथा विदेशमा फैलने अवसर पाएको बताउँदै धर्मनिरपेक्षा, संघीयता र समावेशिताजस्ता संवैधानिक व्यवस्थाको प्रवद्र्धनमा पनि फिल्मले उल्लेखनीय योगदान दिएको चर्चा गरे ।

घरेलु फिल्मको ६ दशक लामो यात्रामा नेपाली फिल्मको बजार र दृश्यभाषाको गुणस्तरमा विकास भएको बताउँदै उपराष्ट्रपति यादवले नेपाली फिल्मलाई अझै अन्तर्राष्ट्रियकरण गर्न नेफ्टाजस्ता अवार्डको भूमिका महत्वपूर्ण हुने बताए । नेपाललाई अन्तर्राष्ट्रिय छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्ने खाँचो औंल्याउँदै उनले यसका लागि सबैको सामूहिक प्रयत्न जरुरी हुने बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ फिल्मकर्मीहरु नीर शाह, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषालसहित फिल्म र संगीतकर्मी समारोहमा उपस्थित थिए । चलचित्र प्राविधिक संघका अध्यक्ष प्रेम भोम्जन (पुष्कर लामा)ले नेपाली फिल्मलाई विदेशी बजार र डायस्पोरामा फैलाउने मुख्य उद्देश्यले अवार्ड गर्न लागिएको बताए ।

अघिल्ला पाँच संस्करण विदेशी भूमिमा गरेको नेफ्टाले यो संस्करण चाहिँ आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा गर्दैछ । फेम नेपाल, युएस खबर, आर्यन फिल्म्सले अमेरिकी संस्करणको अवार्ड गर्न लागेका हुन् ।

सर्वश्रेष्ठ फिल्म

कबड्डी ४

छक्कापञ्जा ४

ऐना झ्यालको पुतली

द सेक्रेट्स अफ राधा

चिसो मान्छे

सर्वश्रेष्ठ निर्देशक

रामबाबु गुरुङ –कबड्डी ४

हेमराज बीसी –छक्कापञ्जा ४

सुवर्ण थापा –द सेक्रेट्स अफ राधा

दीपेन्द्र के खनाल –चिसो मान्छे

ज्ञानेन्द्र देउजा –झिंगेदाउ

सर्वश्रेष्ठ अभिनेता

बिपिन कार्की –फूलबारी

दयाहाङ राई –कबड्डी ४

दीपकराज गिरी –छक्कापञ्जा ४

अनमोल केसी –ए मेरो हजुर ४

प्रदीप खड्का –प्रकाश

सर्वश्रेष्ठ अभिनेत्री

अरुणा कार्की –फूलबारी

स्वस्तिमा खड्का –चिसो मान्छे

मेनुका प्रधान –पानीफोटो

सृष्टि श्रेष्ठ –द सेक्रेट्स अफ राधा

मिरुना मगर –कबड्डी ४

सर्वश्रेष्ठ सहायक अभिनेता

रवि गिरी –ए मेरो हजुर ४

खगेन्द्र लामिछाने –द सेक्रेट्स अफ राधा

केदार घिमिरे –छक्का पञ्जा ४

सौगात मल्ल –कबडडी ४

दयाहाङ राई –फूलबारी

सर्वश्रेष्ठ सहायक अभिनेत्री

दीया मास्के –प्रकाश

हिउँवाला गौतम –झिंगेदाउ

सिरु विष्ट –ऐना झ्यालको पुतली

लक्ष्मी वर्देवा –प्रेमगीत ३

दीपाश्री निरौला –छक्कापञ्जा ४

सर्वश्रेष्ठ डेब्यु अभिनेता

सुशिल खड्का –नालापानी

कुशल विष्ट –झिंगेदाउ

निशान चौहान –डेसान

दिनेश खत्री –ऐना झ्यालको पुतली

राइडर प्रसन –प्रेमगञ्ज

सर्वश्रेष्ठ डेब्यू अभिनेत्री

कृष्टिना गुरुङ –प्रेमगीत ३

कन्चन चिमरिया –ऐना झ्यालको पुतली

रक्षा बुढाथोकी –लाखे

सुप्रिया खनाल –प्रेमगन्ज

गौमाया गुरुङ –कबड्डी ४

सर्वश्रेष्ठ रङ संयोजन

रजन राना –द सेक्रेट्स अफ राधा

राजेन्द्र मोक्तान –ऐना झ्यालको पुतली

राजेन्द्र मोक्तान –ए मेरो हजुर ४

कपिल पराजुली –छक्का पन्जा ४

अर्जुन कार्की –कबड्डी ४

सर्वश्रेष्ठ छायांकार

नरेन्द्र मैनाली –छक्का पन्जा ४

सञ्जय लामा –ए मेरो हजुर ४

अमर महर्जन –ऐना झ्यालको पुतली

राजेश श्रेष्ठ –प्रकाश

नरेन्द्र मैनाली –द सेक्रेट्स अफ राधा

सर्वश्रेष्ठ सम्पादन

विपिन मल्ल –नालापानी

किरण श्रेष्ठ –ऐना झ्यालको पुतली

निमेष श्रेष्ठ –द सेक्रेट्स अफ राधा

निमेष श्रेष्ठ –छक्का पन्जा ४

निमेष श्रेष्ठ –कबड्डी ४

सर्वश्रेष्ठ पटकथा

सुजित बिडारी –ऐना झ्यालको पुतली

सुवर्ण थापा –द सेक्रेट्स अफ राधा

रिमेश अधिकारी÷कृष्ण आचार्य –नालापानी

रामबाबु गुरुङ÷उपेन्द्र सुब्बा –कबड्डी ४

उपेन्द्र सुब्बा –फूलबारी

सर्वश्रेष्ठ पाश्र्व ध्वनि

शैलेश श्रेष्ठ –ए मेरो हजुर ४

संगम पन्त –ऐना झ्यालको पुतली

सुजिल कर्माचार्य –छक्का पन्जा ४

रोहित शाक्य÷शैलेश श्रेष्ठ –छक्का पन्जा ४

रोहित शाक्य÷शैलेश श्रेष्ठ –फूलबारी

सर्वश्रेष्ठ ध्वनि मिश्रण

उत्तम न्यौपाने –फूलबारी

सुनयमान श्रेष्ठ –छक्का पन्जा ४

अमित श्रेष्ठ –ए मेरो हजुर ४

उत्तम न्यौपाने –लाखे

अमित श्रेष्ठ –मन्त्र

सर्वश्रेष्ठ द्वन्द्व निर्देशक

रोशन श्रेष्ठ –नालापानी

रोशन श्रेष्ठ –झिँगेदाऊ

हिमाल केसी –प्रेमगीत ३

सम्राट बस्नेत –लाखे

एनबी महर्जन÷कुमार महर्जन –सोल अफ द कमाण्डो

सर्वश्रेष्ठ कला निर्देशक

आशिका शर्मा –प्रकाश

काला संग्रौला –ऐना झ्यालको पुतली

विनोद कडायत –प्रेमगीत ३

कृष्ण राई÷उद्धवराज भट्टराई –नालापानी

पासाङ टी शर्मा –मन्त्र

सर्वश्रेष्ठ वेशभुषा

सुजनरत्न परियार –द सेक्रेट्स अफ राधा

बिनिता कडायत –चिसो मान्छे

जानकी कडायत –ऐना झ्यालको पुतली

कमलप्रसाद मिश्र –नालापानी

सुनिता श्रेष्ठ –छक्का पन्जा ४

सर्वश्रेष्ठ श्रृंगार र हेयर

शमशेर लामा÷झरना राई –द सेक्रेट अफ राधा

शमशेर लामा –चिसो मान्छे

रवि केसी÷निशा लामा –नालापानी

मनोज तामाङ÷काव्या थापा –ए मेरो हजुर ४

श्रद्धा मास्के÷सरस्वती श्रेष्ठ –छक्का पन्जा ४

सर्वश्रेष्ठ नव–निर्देशक

सुजित बिडारी –ऐना झ्यालको पुतली’

खगेन्द्र लामिछाने –पानी फोटो

शिवहरि पौडेल –लक्का जवान

परिच्छेद सेन –प्रेमगन्ज

रिमेश अधिकारी –नालापानी

सर्वश्रेष्ठ भीएफएक्स

अच्युत गजुरेल –नालापानी

गड रेज पिक्चर्स –प्रेमगीत ३

द पिक स्टुडियो –झिँगेदाउ

समिर मिया –प्रेमगन्ज

सत्यम राना÷अच्यूत बजगाईं –ए मेरो हजुर ४

सर्वश्रेष्ठ गीतकार

आमाको मन – प्रमोद ढुंगाना (झिँगेदाउ)

फेरी भेट होला नहोला– कृष्णहरि बराल (प्रेमगन्ज)

आज युद्ध शिरमा छ – सुजिल कर्माचार्य (नालापानी)

सिरुपाते जुँगामा – शंकर अधिकारी घायल (छक्का पन्जा ४)

उड उड चरी उड – कालीप्रसाद बासकोटा (फूलबारी)

सर्वश्रेष्ठ संगीतकार

उड उड चरी उड – कालिप्रसाद बासकोटा÷अनुपम शर्मा (फूलबारी)

आँखामा सपना केसरी – एसडी योगी (कबड्डी ४)

सिरुपाते जुंगामा – बबुल गिरी (छक्का पन्जा ४)

फेरि भेट होेला नहोला – गैरे सुरेश (प्रेमगन्ज)

कुनै दिन यस्तो – अर्जुन पोखरेल (कृष्णलीला)

सर्वश्रेष्ठ गायन पुरुष

उड उड चरी उड – कालीप्रसाद बासकोटा (फूलबारी)

आँखामा सपना केसरी – एसडी योगी (कबड्डी ४)

सिरुपाते जुँगामा– बाबुल गिरी (छक्का पन्जा ४)

बाबरी रंगमा रंगिएर – अनमोल गुरुङ (बाबरी)

कुनै दिन यस्तो – सुगम पोखरेल (कृष्णलिला)

गायन महिला

कुनै दिन यस्तो – अन्जु पन्त (कृष्ण लिला)

फेरी भेट होला नहोला – स्वस्किा ठकुरी (प्रेमगन्ज)

बाबरी रंगमा रंगिएर – अस्मिता अधिकारी (बाबरी)

मीठो मीठो मन भित्र – देबान्जली बी जोशी (ह्यारी की प्यारी)

हर युग होस – प्रविशा अधिकारी (प्रेमगीत ३)

सर्वश्रेष्ठ नृत्य निर्देशक

घिन घिन ताङ – कविराज गहतराज (छक्का पन्जा ४)

माया जदौ –कविराज गहतराज (हिजो आजका कुरा)

मन त सँधै लक्का जवान –कविराज गहतराज (लक्का जवान)

आगो बिना बिँडी जल्दैन –रामजी लामिछाने (झिंगेदाउ)

हात्ती ढुंगामा –कविराज गहतराज (प्रेमगीत ३)