‘डिजाइनर अफ द इयर-२०१३’ को सम्पूर्ण तयारी पुरा


De-designer-of-the-year
(सेलिब्रेटी नेपाल) १७ साउन -करिब एक महिनाअघि समरकटर शीर्षकको फेसन शो सम्पन्न गरेको द रेमिनिस इभेन्ट म्यानिकले ‘डिजाइनर अफ द इयर-२०१३’ को सम्पूर्ण तयारी पुरा गरेको छ। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको तयारी पुरा भएको जानकारी गराईएको हो। कला सुब्बाले कोरियोग्राफी गर्ने प्रतियोगिता भोलि साउन १८ गते आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न हुनेछ।

आयोजकका अनुसार ‘वातावरण संरक्षण गरौं’ भन्ने थिममा प्रतिस्पर्धी डिजाइनरहरूले पहिरन तयार पार्नेछन्, जसलाई दुई दर्जन सुन्दर मोडलले र्‍याम्पमा प्रस्तुत गर्नेछन्। पहिरनमार्फत डिजाइनरहरूले खेर गएका तथा पुनः प्रयोग गर्न मिल्ने सामग्रीहरूबाट पहिरन बनाएका छन्। प्रतिस्पर्धीहरूले पत्रपत्रिका, प्लास्टिकका झोला, पेयपदार्थका क्यान जस्ता सामग्रीबाट पहिरन तयार पारेका छन्। कार्यक्रममा उत्कृस्ट प्रथम,दित्तीय र तृतीयलाई क्रमश पचास हजार,पच्चीस हजार र पन्ध्र हजार नगद पुरस्कार प्रदान गरिने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.