‘हुक्काः एन एब्सर्ड ड्रिम’ को गीतमा भावुक प्रमिला (भिडियो)



काठमाडौँ। जेठ १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को गीत ‘जाउ न आउ’ सार्वजनिक गरिएको छ । युशिन राईको स्वर तथा शब्द रहेको गीतमा प्रयत्न श्रेष्ठको संगीत छ ।

गीतमा चलचित्रकी मुख्य अभिनेत्री प्रमिला खनालको पीडा प्रस्तुत गरिएको छ । गीतमा फिचर्ड अन्य कलाकारहरु रमाइरहँदा प्रमिला भने भावुक देखिएकी छन् ।

शम्भु थापाको निर्देशन रहेको चलचित्रमा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ ।

सन्तोषकुमार आत्रेयको कथा रहेको चलचित्रमा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् । जेठ १२ गते नै बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की पनी प्रदर्शनमा आउनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
विशेष संवाददाता: सुशील नेपाल

सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2024 | All Right Reserved.