चम्सुरीले ल्याईन नयाँ गीत ‘तिमी जाने भट्टितिर’ (भिडियो)



काठमाडौं। हास्यव्यँग्य अभिनेत्री पल्पसा डँगोल (चम्सुरी)ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ को भिडियो सार्वजनिक गरेकी छिन् । मृगौला फेरेर नयाँ जीवन पाएकी यी कलाकारले त्यसपछि यो नयाँ गीत ल्याएकी हुन् ।

रक्सीको लतमा लागेका श्रीमानलाई सुधार्ने यो सन्देशमुलक गीत ल्याएको यी कलाकारले बताएकी छिन् । आफ्नो स्वर ठिकै भएपनि गीतबाट केही दिन सकिन्छकी भन्ने चाहनाले यो गीत जन्मेको पल्साले बताईन्,‘भाईले मृगौला दान गरेपछि बोनसमा पाएको यो जीवनमा धेरै भन्दा धेरैं काम गर्नुछ । त्यसैले जन्मदिनको अबसर पारेर यो नयाँ गीतबाट नयाँ कामको थालनी गरेकी हुँ ।’ कलाकार पल्पसाले बिमोचन समारोहमा भनिन् ।

उनले यो आफ्नै अफिसियल युट्युव च्यानलबाट रिलिज गरेकी छिन् । जसमा पल्पसासँगै राजु भुजु, मञ्जु श्रेष्ठ, आरके मानन्धर, सुनिता श्रेष्ठ ठाकुरको अभिनय छ । दुर्गा पौडेलले खिचेको यो भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका हुन् । रमेशराज भट्टराईको शब्द संगीत रहेको यो गीतको भिडियो पल्पसा आफैंले निर्देशन गरेकी हुन् ।