‘अगस्त्य’मा भित्रिए प्रमोद, रविन्द्र र विजय



काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द अनब्रेकेबल: अगस्त्य’मा कलाकारको रुपमा अभिनेता प्रमोद अग्रहरी, रविन्द्र झा र बिजय बराल भित्रिएका छन् । निर्माण युनिटले चलचित्रको मुख्य कलाकारको रुपमा यी तीन कलाकार भित्र्याएको हो ।

चलचित्रका लागि प्रमोद, रविन्द्र र बिजय भित्रिएसँगै कलाकारको लाइनअप बलियो भएको छ । चलचित्रका लागि यस अगाडि सौगात मल्ल, नाजिर हुसेन र मलिका महत छनौट भएका छन् ।

कलाकार सँगै निर्माण युनिटले चलचित्रको छायांकन अगामी जेठ १२ गतेबाट सुरु हुने बताएको छ । दुई च्याप्टरमा निर्माण हुने चलचित्रको कथा निर्देशक स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ । चलचित्रको छायाँकार संजय लामा हुन् । चलचित्रको शीर्षक हिन्दु धर्मका सप्तऋषि मध्येका एक अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।