लंका को ढोका कार्तिक २४ गते बाट खुल्दै



सेलेब्रिटी नेपाल कार्तिक २४-श्याम भट्टराई निर्देशित चलचित्र लंका यहि कार्तिक २४ गते बाट अल नेपाल रिलिज हुदैछ। सर्लाही जिल्लामा जन्मियका श्याम ले आफ्नो गृह जिल्ला लाई माया गरेर लंका को पुरा सुटिंग सर्लाहीमा नै गरेका छन। अहिले चलचित्र रिलिज हुन लाग्दा पनि सर्लाही बासी हरु चलचित्र हेर्न एकदम आतुर देखियका छन्। अग्रिम टिकट बुकिंग को लहरै चलेको छ।सर्लाहीमा रहेका २ सिनेमा भवनमा अग्रिम टिकट वुकिङ गर्नका लागि दर्शकको भिड लाग्न थालेको निर्देशक श्याम भट्टराइले बताएका छन् । सर्लाहीका १ लाख भन्दा बढि जनता समेत प्रत्यक्ष सिनेमामा सहभागी भएकाले पनि यस्तो माग आएको निर्माणपक्षको भनाइ छ ।चलचित्रमा रेखा थापा, किशोर खतिवडा, नन्दु श्रीवास्तव लगायतका कलाकारको मुख्य भूमिका छ । नायिका रेखा थापालाइ नायकको रुपमा प्रचार गरिएको चलचित्र ‘लंका’ ले खस्केको सिनेमा बजारलाइ उठाउने विश्वास गरिएको छ । अहिले जति चलचित्र रिलिज गरीय सबै असफल भै रहेको बेलामा श्याम को चलचित्र लंका ले कति को व्यापार गर्ने हो केहि समय पछि थाहा हुनेछ ।सर्लाही बासीले मात्रै हेरे पनि लगानी उठ्ने श्याम को दाबी छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.