द्वन्द्वकालको कथावस्तुमा विमलाको गीतिकथा ‘खती’सार्वजनिक (भिडियो)



काठमाडौँ । सशष्त्र द्वन्द्वकालको कथावस्तुमा आधारित गीत ‘खती’ युट्युवमा सार्वजनिक गरिएको छ । डीआर सुजनको स्वरमा तयार भएको गीतलाई विमला हुमागाईंले लेखेकी हुन् । गीतमा गायक सुजनकै संगीत र निर्देशन छ । विनोद बाजुरेलीले संगीत संयोजन गरेका छन् ।

बोध अनलाइन टिभी नामक च्यानलबाट सार्वजनिक गीतले द्वन्द्वकालमा आफन्त गुमाउने पीडितको कथा भन्छ । भिडियोमा रीता केसी, बोध श्री, डीआर सुजन, सूर्य वली, सुस्मा खड्का, विमला तामाङ, भरत गोर्खाली, सुशान्त दोङको अभिनय छ ।

गीतबारे कुरा गर्दै लेखिका हुमागाईंले जुन उद्देश्यले द्वन्द्व गरिएपछि त्यसको उपलब्धि अहिले पनि सार्थक हुन नसकेको सन्दर्भमा गीत तयार भएको बताइन् । ‘कामको खोजीमा चैत महिनामा मात्र ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् । यो बाध्यताको परिवेशमा गीत तयार भएको हो’ उनले भनिन् ।