पेम्वाको ‘बैमानी’ मा पुष्प र कविता (भिडियो)



काठमाडौं। नव गायक पेम्वा लामाको स्वरमा रहेको नयाँ गीत ‘बैमानी´भिडियो सहित सार्वजनिक गरिएको छ । उदय सागरको शब्द रचना, दिपक विश्वकर्माको संगीत,गोपाल रसाईलिको एरेन्ज रहेको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्प खड्का र कविता नेपाली फिचर्ड छन् । भिडियोमा संचार्कर्मी सन्तोष बस्ताकोटी ,हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ ।

सार्वजनिक लोक पप शैलिको गीतको भिडियोमा पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानिमा रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोको सम्पादन वन्दे प्रसादले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.