चलचित्र ‘सानीमाया’को शुभ मुहर्त सम्पन्न



काठमाडौँ। चलचित्र ‘सानीमाया’को शुभ मुहर्त सम्पन्न भएको छ।८८४८ इन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा गोकुल सुबेदिको प्रस्तुतीमा बन्न लागेको चलचित्रको शुभ मुर्हत कार्य बुधबार सम्पन्न भएको हो ।

राज चौधरी निर्माता रहने चलचित्रको लेखन निर्देशन देव धिमाल गर्नेछन। चलचित्रमा अर्जुन थापा,प्रियंका श्रेष्ठ, स्वेक्षा ढकाल, अभिषेक फुयाल,राम चन्द्र अधिकारी, शारदा गिरि, सावित्रा चिलुवाल, राजकुमार शाह, कृष्ण प्रसाद धिताल, आइस सिंह घ्लान, भिमशेन खतिवडा, सनैया घिमिरे, लगायतका कलाकारको अभिनय रहनेछ।

चलचित्रको आगामी जेठ १५ गतेबाट छायाँकन सुरु गरिने छ। चलचित्रमा मुख्य सहायक निर्देशकको जिम्मेवारी नवीन काफ्लेले गर्नेछन्। चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष,चलचित्र निर्माता राजकुमार राइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली लगाएतको उपस्थिति रहेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.