कृष्ण गैरेको ‘मुटु रेटिन्छ’ सार्वजनिक (भिडियो)



काठमाडौं । केही समय पहिले ‘ऐ मायाँलु’ बोलको सांगीतिक कोशेली सार्वजनिक गरेर चर्चा बटुल्न सफल गायक कृष्ण गैरेले देशमा चलिरहेको मिटर ब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ, भन्ने सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’को भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक गीतको भिडियोमा रबी गीरी, निक्स शर्मा,जुनु गुरुङ मुख्य पात्रको रुपमा देखिएका छन् भने अन्य कलाकारहरुमा अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापा रहेका छन् ।

कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर, हुम गैरेको शब्द समेटिएको गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् । म्युजिक भिडियोका सम्पादन, निर्देशन हुम गैरे, छायांकन रोशन तामाङको रहेको छ । भिडियो बिहानी क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।