‘हुक्का: एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक



काठमाडौँ। आगामी जेठ १२ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हुक्का: एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक गरिएको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा शम्भु थापाको निर्देशन छ ।

सार्वजनिक ट्रेलरमा चलचित्रका प्रमुख कलाकार प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ लगायतका कलाकारलाई स्थान दिइएको छ । ट्रेलरमा कलाकार प्रकाशको हुक्का प्रेम देखाइएको छ । यस्तै, आफ्ना पूर्खाको धाक लगाएर बसेका सन्तोषकुमारले पोखरा गएर पैसा उठाउने कुरा सुनाउँदा प्रमिलाले गहना बेच्न दिएको दृश्य मर्मस्पर्शी छ । पोखरा पुगेपछि सन्तोषकुमारको जीवनमा आएको उतारचढावलाई ट्रेलरमा देखाइएको छ ।

प्रमिलाका दाजुसँग प्रमिलाको अंशका विषयमा भएको झगडा साथै श्रीमानले शंका गरेर घर भित्र छिर्न नदिएर श्रीमतीलाई लिन खोजिएको अग्नि परीक्षा लगाएतका दृश्यले पनि फिल्मले पारिवारिक विषयलाई उठान गरेको प्रष्ट बुझ्न सकिन्छ ।

यस्तै, शम्भु थापा र अशु न्यौपानेको पाँच वर्षसम्म सन्तान नहुँदा भोग्ने पीडालाई प्रस्तुत गरिएको छ । फिल्मकी अर्की कलाकार एलिशा विकका पतिले आफूलाई पाँच लाख ल्याएर नदिएसम्म घर नफर्कन दिएको धम्कीले महिलाको घरेलु पीडा दर्शाएको छ ।

चलचित्रमा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा र सम्वाद विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्ण बहादुर थापाको छायांंकन छ ।

त्यस्तै चलचित्रमा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसी र सुदन थापाको निर्माण नियन्त्रण, गोरे याङ्देनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मिठो कम्पन)को मुख्य सहायक निर्देशन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने (CAS)को ध्वनी मिश्रण छ ।

चलचित्रमा प्रमिला, सन्तोषकुमार, तेज, अंशु, तलिशा, एलिशासँगै प्रकाश घिमिरे, निश्चल विमल, अर्जुन गोदार, कुमार गुरुङ्ग र बाल कालाकार अङ्कित जि सिको पनि अभिनय रहेको छ ।

रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशिला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.