सुब्बाको चलचित्र ‘दुई कदम’ छायाँकन अन्तिम चरणमा



काठमाडौँ। उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘दुई कदम’ को ८० प्रतिशत छायाँकन सकिएको छ । चलचित्रको हाल पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा सुटिङ भइरहेको छ ।

दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक चलचित्रमा तारादेवी लिम्बुको निर्माण छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भइरहको चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ ‘भंगेरी’, कविता आले मगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ ।

चलचित्रका निर्देशक सुब्बाले दर्शकलाई एउटा राम्रोा प्रेमकथाको फिल्म दिनका लागि आफूहरुले मेहनत गरिरहेको बताए । अभिनेता पहारीले धेरै समयपछि अलिक फरक किसिमको प्रेमकथाको चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताए । विक्रम डिसीको छायांकन रहेको फिल्ममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व र रामजी लामिछानेको नृत्य छ । फिल्म भदौमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.