रन लामाको ‘किच किच’ प्रशारणमा


काठमाडौँ। रन लामाको निर्माणमा कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा आएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर वेब सिरिज ‘किच किच’ को बारेमा जानकारी दिइएको हो । खेमनाथ खनालको निर्देशन रहेको किच किच प्रत्येक बिहिबार रन लामा युटुब च्यानलमा प्रशारण हुनेछ।

सामाजिक कथाबस्तुलाई कमेडी शैलीमा निर्माण गरिएको सिरिजले दर्शकको माया पाउँने निर्माण टिमको विश्वास छ । वेव सिरिजमा इन्द्रजित शर्मा चौलागाई, रन लामा, तुलसा पहाडी, आकृति न्यौपाने, निरंजन दंगाल, रमेश पराजुली, अनु खड्का, सुशिल यस मगर, रोनिशा अधिकारी, अन्जली बिसी लगायतको अभिनय छ । दिनेश पराजुलीको छायांकन रहेको सिरिजलाई संजय अधिकारी सम्पादन गरेका हुन् । सामाजिक कथालाई फरक शैलीमा कमेडीमा प्रस्तुत गरिएको किचकिचलाई दर्शकले मनपाउँनेमा बिस्वस्त रहेको निर्देशक खेमनाथ खनालले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.