रामकृष्ण ढकालको ‘माया हुन्छ भनन’ मा केकी (भिडियो)



काठमाडौं। संगीतकार शम्भूजीत बासकोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहिबार काठमाडौंमा म्युजिक नेपालद्वारा एक समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा बरिस्ठ संगीतकार शम्भूजीत बासकोटा,गायक राम कृष्ण ढकाल , म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा , निर्देशक निकेश खड्का लगायतको उपस्थिति रहेको थियो।

गीतको म्युजिक भिडियोमा स्वयम् गायक रामकृष्ण ढकाल र नायिका केकी अधिकारी अभिनय रहेको छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको सम्पादन रहेको छ । ‘माया हुन्छ भनन’ लाइ म्युजिक नेपालको युट्युब च्यानल,म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ ।