प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ फर्स्ट लुक संगै प्रदर्शन मिति सार्वजनिक



काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पात्रहरुलाइ समेटिएको छ। चलचित्रको पोस्टर संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। चलचित्र जुन २३ अर्थात असार ८ गतेबाट प्रदर्शनमा आउनेछ। वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले चलचित्र ‘अन्तिम संस्कार’ आइरहेका भन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् । निर्माता, निर्देशक एवं कलाकारहरुले समेत निकै चुनौती मोलेर चलचित्रमा काम गरेको र एउटा उत्कृष्ट चलचित्र बनेको उनले बताए ।

‘अन्तिम संस्कार’लाई लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीले निर्देशन गरेका हुन् । उनले लन्डनमा फिल्म मेकिङ्ग गरी सकेका छन्। निर्देशकको केही समयको रिसर्च, कलाकारहरुको वर्कशपपश्चात मात्रै चलचित्र छायाँकनमा गएको थियो । शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइममा मे २ बाट रिलिज हुँदैछ ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ । चलचित्रमा विजयका अलावा दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतको शीर्ष अभिनय छ । साथमा श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङ लगायतको पनि चलचित्रमा अभिनय छ ।

चलचित्र विभिन्न अन्तराष्ट्रिय अवार्डमा समेत जाने विश्वास निर्माण टिमको रहेको छ। बाबु श्रेष्ठको छायाँकन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.