पोस्टरमा यस्तो देखियो ‘नम्बरी सुन’



काठमाडौँ । राजु गिरी निर्देशित चलचित्र हो ‘नम्बरी सुन’ । चलचित्र आगामी भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शनका लागि करिब ४ महिना बाँकी भए पनि निर्माण युनिट प्रचार प्रसारमा जुटिसकेको छ । यस्तैमा निर्माण युनिटले बिहीबार फिल्मको एक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका मुख्य पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल र किरण नेपाली लगायत अटाएका छन् । पोस्टर हेर्दा फिल्म सामाजिक विषयवस्तुमा निर्माण भएको अनुमान गर्न सकिन्छ ।

नारायण खातीका कथा तथा प्रस्तुति रहेको चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् ।

अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व रहेको फिल्ममा गौतम राज खड्काको सम्पादन रहेको छ । फिल्मलाई काठमाडौँ उपत्यका भित्र जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।