सेन्सर पास भएन नवलको ‘काँडेतार’



काठमाडौँ। नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर सर्टिफिकेट दिनबाट रोकेको छ । सोमबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि केही संवाद र दृश्यहरुमा आपत्ति जनाउँदै सर्टिफिकेट नदिएको निर्देशक तथा निर्माता नवल खड्काले बताए । सेन्सर सर्टिफिकेट प्राप्त भएपछि मात्र चलचित्र हलमा प्रदर्शन गर्न पाइन्छ ।

खुला सीमाका कारण भैरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्धको प्रतिरोधमा चलचित्र आधारित रहेको निर्देशक खड्काले बताएका छन् । एक हप्ताअघि सार्वजनिक शीर्ष गीतमा समावेश दृश्यपछि चलचित्र सेन्सरमा रोकिन सक्ने धेरैको आँकलन थियो । गीतमा नेपाल-भारत सीमामा काँडेतार लगाउनु पर्ने सन्देशसहित नेपालको भूमि हडप्न भारतीय सेनाले गरेको प्रयासलाई देखाइएको छ ।

चलचित्रमा निर्देशक नवल स्वयंको मुख्य भूमिका छ । कथा लेखन पनि उनकै हो । उनीसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको पनि चलचित्रमा अभिनय रहेको छ । ‘काँडेतार’लाई सौरभ लामाले छायाँकार गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.