नेपाल नेटवर्क टेलिभिजन (NNTV) को औपचारिक शुभारम्भ



काठमाडौँ। नेपाली टेलिभिजनको दुनियाँमा एक नयाँ टेलिभिजन थपिएको छ। नेपाल नेटवर्क टेलिभिजन (NNTV) को आइतवार औपचारिक शुभारम्भ गरिएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा थुप्रै राजनीतिक दलका नेता,उद्योगी व्यवसायी,संचार प्रतिष्ठानका प्रमुखहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा पुर्व प्रधान मन्त्री माधव कुमार नेपाल,पुर्व मन्त्रीहरु प्रदीप ज्ञवाली,योगेश भट्टराइ,मोहन बस्नेत सांसदहरु रघु जी पन्त,रामहरी खतिवडा लगायत थुप्रै जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। डिएआर ग्रुपले संचलान गरेको टेलिभिजनको अध्यक्ष रमा दाहाल हुन्।

स्वस्ति वाचनबाट सुरु भएको कार्यक्रममा कुटुम्बले आफ्नो सांगीतिक प्रस्तुति दिएको थियो। कार्यक्रममा नेपाल नेटवर्क टेलिभिजन (NNTV) ले अबका दिनमा निरन्तर प्रशारण गर्ने कार्यक्रमहरुको पनी घोषणा गरेको छ। कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक श्याम धितालले जानकारी मुलक कार्यक्रमहरु लाइ मुख्य स्थान दिंदै रियालिटी शो संगै अन्य सूचना मुलक कार्यक्रमहरु गर्ने बताए। दर्शकहरुको रुची अनुसार कार्यक्रमहरु निर्माणमा जोड दिने धितालले बताए।

टेलिभिजनले मनोरन्जनात्मक संगै समाचार मुलक र जानकारी मुलक कार्यक्रमहरु प्रशारण गर्नेछ। टेलिभिजनमा वर्ल्ड टेलिभिजन प्रिमियर,टेली चलचित्र अड्डा कचहरी,सर्खारको सर, सिसा,नरिसाउनुस् है,रियालिटी शो दोहोरी आइडल,ऐना,आम्मा कसम यहाँ दुख्छ,सेभेन डेज सुपर च्यालेन्ज र अन्य कार्यक्रमहरु आरोग्यम,जीवन मन्त्र,अटोमान्डू,सद्धर्म,एम क्युब,धरातल,मेडिकल,एकादेशमा र बाल बालिकाहरुको लागि बिसेष यिनी र मिनी लगाएतका थुप्रै कार्यक्रमहरु प्रशारण गरिने घोषणा समेत गरियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख देवराज घिमिरेले मिडियामा भई रहेका आधुनिक प्रतिस्पर्धालाई उछिन्दै नेपाली समाजको आबस्यकतालाई पहिल्याउदै टेलिभिजनहरु अघि बढ्नु पर्ने बताए। नेपाल नेटवर्क टेलिभिजन (NNTV) को आइतवार औपचारिक शुभारम्भ कार्यक्रममा मेरा सरकार मेरा प्रतिनिधि नामक पुस्तक सार्वजनिक पनि गरिएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.