लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को शुभ मुहर्त संगै छायाँकन सुरु



काठमाडौँ। पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ । शुभ मुहर्त संगै चलचित्रको छायाँकन आजैबाट सुरु भएको छ। चलचित्र ‘सतीदेवी’ मा मलिका महत केन्द्रिय भूमिकामा रहनेछिन् ।

दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण हुने चलचित्रमा रमेश बुढाथोकी,भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी,सृजना अधिकारी,मनिषा सापकोटा,सुजिता शिवाकोटी,इभन जोशी,विमल श्रेष्ठ,दिपा मगर,तुलसी प्रसाद श्रेष्ठ बाल कलाकार हर्षिका ओली,मंजिला बानियाँको अभिनय रहनेछ। महिला प्रधान चलचित्रमा दीपक शर्मा र सुभाष भुषालको संगीत बाबु श्रेष्ठको छायाँकन,देव महर्जनको द्वन्द,रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।

सुदिप कुँवर मुख्य सहायक निर्देशक रहने चलचित्रका प्रोडक्सन मेनेजर सीबी भण्डारी हुन्। चलचित्रका निर्माता,लेखक,गीतकार तथा निर्देशक लक्ष्मण सुवेदीले चलचित्रको छायाँकन ३० दिनमा सकाउने लक्ष्य रहेको बताए । लामो समय चलचित्र पत्रकारितामा कमल चलाएका सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ चलचित्रको निर्देशन गरी सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.