दिपेन्द्रको ‘नाङ्गो गाउँ’ भदौ २९ बाट प्रदर्शनमा आउने


काठमाडौँ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै चलचित्र ‘नाङ्गो गाउँ’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र भदौ २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शनमा आउनेछ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रमा जय श्रेष्ठको लगानी छ । सार्वजनिक फस्टलुकमा निर्माणपक्षले कुनै पनि कलाकारको तस्वीर प्रयोग गरेको छैन ।

पोष्टर हेर्दा राजनीतिक पृष्ठभूमिमा फिल्म बनेको अनुमान लगाउन सकिन्छ । फिल्म ‘कबड्डी ४ र जारी’ चलेपछि दया र मिरुनाको जोडीको चर्चा पनि ह्वात्तै बढेको छ । यसैले, यो फिल्मप्रति दर्शकको चासो पनि फस्टुलक सार्वजनिक भएसँगै बढ्ने निश्चित छ ।

निर्देशक दीपेन्द्र लामाले फिल्मको कथावस्तु गाउँ केन्द्रित रहेको बताए । फिल्मले सामाजिक कथावस्तुलाई बलियो तरिकाले प्रस्तुत गरेको उनको भनाई छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.