‘पालिका प्रतिभा २०८० खोटाङ’ सम्पन्न



काठमाडौँ। खोटाङ कलाकार समाजले आयोजना गरेको ‘पालिका प्रतिभा २०८० खोटाङ’ सम्पन्न भएको छ । स्थानिय स्तरमा रहेका प्रतिभालाई सर्वब्यापी गराउने उदेश्यले आयोजना गरेको कार्यक्रम बैशाख ५ र ६ गते बराह पोखरी गाउँपालिकामा सम्पन्न ‘पालिका प्रतिभा खोटाङ २०८०’ गायन तर्फ प्रथम लक्ष्मण परियार, द्वित्तिय प्रबिण मगर, तृतिय मनोज राई, नृत्य तर्फ प्रथम सुबास बिक, द्वित्तिय सुना मगर, तृतिय निश्मा राई रहेका छन् भने जन्तेढुङ्गा गाउँपालिकामा बैशाख ६ र ७ गते सम्पन्न गायन तर्फ प्रथम दुर्गा राई, द्वितिय अजय राई, तृतिय सञ्जय राई, नृत्य तर्फ प्रथम अरुणा राई, द्वितय रुपा बिष्ट, तृृतिय लाजिमा राई रहेका छन् ।
बैशाख ५ गतेबाट सुरु गरिएको ‘पालिका प्रतिभा खोटाङ २०८०’ बैशाख १७ गतेसम्म चल्ने कार्यक्रम खोटाङ जिल्लाको १० वटै पालिकामा क्रमशः आयोजना हुने समाजका अध्यक्ष रुप कुमार राईले जानकारी गराएका छन् ।

खोटाङ कलाकार संघको आयोजना, खोटाङ कलाकार संघ युकेको सहआयोजनामा भैरहेको पालिका प्रतिभा खोटाङ गायन र नृत्यका निर्णायक मण्डमा सत्यकला राई, पार्वती राई, अनिल राई, रोशन राई, मनिता राई, मेनुका राई रहेको छ । १० वटै पालिकाबाट गायन र नृत्यमा प्रथम हुने १, १ जना प्रतिभालाई काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा प्रतिस्पर्धा गराई नृत्य र गायनमा प्रथम हुने १, १ जनलाई खोटाङ प्रतिभा घोषणा गरिने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.