चलचित्र ‘नम्बरी सुन’ को रोमान्टिक गीतमा गौरव र नम्रता



काठमाडौं । केही समयअघि छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘नम्बरी सुन’ को एक गीत ‘म वर तिमी पिपल’ कोे दोलखा,कालिञ्चोकमा छायाँकन गरिएको छ । राजु गिरीको निर्देशनमा बनेको चलचित्रको गीतमा प्रताप दास र अनु चौधरीको स्वर तथा अर्जुन पोखरेलको शब्द र संगीत छ ।

रामजी लामिछाने कोरियोग्राफी गरेको गीतमा चलचित्रका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् । आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा नारायण खातीको शब्द, कथा र प्रस्तुती छ । चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवम अधिकारीको पटकथा तथा संवाद र सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी रहेको छ ।

चलचित्रमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।