धिरजको चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’ लाई अनमोल र प्रदीपको साथ



काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा कलाकारले एकअर्कालाई खासै साथ दिदैनन्। आफ्नै प्रतिस्पर्धीको अभिनयको प्रशंसा गर्नु त परकै कुरा। तर, धिरज मगरको ‘ज्याकी: आई एम ट्वान्टी वान’ मा भने अभिनेता प्रदीप खड्का र अनमोल केसीको साथ मिलेको छ।

केही दिनअघि ‘ज्याकी: आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको थियो। सोहीदिन अभिनेता अनमोल केसीले इन्स्टाग्राममा स्टोरी राख्दै फिल्मलाई शुभकामना दिएका थिए। त्यस्तै, आज अभिनेता प्रदीप खड्काले पनि फेसबुकमा ट्रेलर सेयर गरेका छन। उनले धिरजसहित सम्पूर्ण टिमलाई शुभकामना दिएका छन्।

रिनाषा राई रानाको निर्देशन रहेको चलचित्र वैशाखको २१ गतेबाट प्रदर्शन हुँदैछ। चलचित्रमा धिरजका साथै जसिता गुरुङ, अरुण क्षेत्री,प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.