चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी



काठमाडौँ । चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य के. एल. बुढाथोकी नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका काम कारबाही तथा गतिविधिहरुलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास बोर्डसँग सम्बन्धित जानकारीलाई एकद्वार रुपमा जानकारी गराउने जिम्मेवारी सहित सोमबार बसेको बोर्ड बैठकले बुढाथोकीलाई प्रवक्ता नियुक्त गरेको हो ।

विगत २५ वर्षदेखि कला साहित्य संचार क्षेत्रमा सक्रिय बुढाथोकीले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् । बुढाथोकीका आधा दर्जन साहित्यिक कृति, १ गीति एल्बम प्रकाशित छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.