सामाजिक चलचित्र ‘निरमाया’ को पहिलो अन्तर्राष्ट्रिय प्रर्दशन जापानबाट



काठमाडौँ। मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा निर्मित नेपाली सामाजिक चलचित्र ‘निरमाया’ को पहिलो अन्तर्राष्ट्रिय प्रर्दशन जापानबाट सुरु हुने भएको छ । एनोदर चान्स नेपालको प्रस्तुति तथा एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा यस चलचित्रको प्रदर्शनी गर्न लागिएको हो ।

‘निरमाया’ ले कथामार्फत जातीय छुवाछुतविरुद्धको सन्देश दिन्छ । यो समाजको यथार्थ चित्रण समेटियको कथा हो । रमेश बुढाथोकीको प्रमुख भूमिका रहेको चलचित्र ‘निरमाया’ जापानका बिभिन्न सहरमा प्रदर्शन हुने भएको छ । यही महिनाको २९ तारिक आईतबार टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा निरमाया प्रदर्शन हुदै छ । एनोदर चान्स नेपालले जापान राईट लियर प्रदर्शन गर्न लागेको ‘निरमाया’ मा आयोजकको रुपमा एनआरएन जापान र अन्तर्राष्ट्रीय साहित्य समाज जापान रहेका छन् ।

चलचित्र निर्माणमा मदानी मुभिज र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले सहकार्य गरेका छन् । चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको जातीय विभेदको विषयवस्तुलाई उठाएको छ । अनन्त तिमल्सिनाको प्रस्तुति रहेको चलचित्रलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।

चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको चलचित्रलाई सोसल ड्रामा जनरामा राखिएको छ । चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतको अभिनय छ । ‘निरमाया’ ले कथामार्फत जातीय छुवाछुत विरुद्धको सन्देश दिन्छ ।