सामाजिक कथा ‘केशरी’को फर्स्ट लुक पोस्टर सार्वजनिक



काठमाडौँ। सेलिब्रेटी नेपालको प्रस्तुतीको निर्माण भएको सामाजिक टेली चलचित्र ‘केशरी’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनीक फर्स्टलुकमा मुख्य पात्रलाई मात्र फिचर्ड गरिएको छ। सार्वजनिक पोस्टर राकेश दाहालले बनाएका हुन्। ‘केशरी’ मुख्य पात्र आशा भुषालले निभाएकी छन्। थुप्रै चलचित्र,म्युजिक भिडियो तथा टेली चलचित्रमा काम गरि सकेकी आशाले ‘केशरी’ मा जिवन्त अभिनय गरेकी छन्। उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेली चलचित्र ‘केशरी’मा नारी बेदनाको कथालाई महत्वपूर्ण स्थान दिइएको छ। रास्ट्रीय टेलिभिजनबाट प्रशारण हुने टेली चलचित्र ‘केशरी’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए।

टेली चलचित्र ‘केशरी’ का निर्माता रघुनाथ सापकोटा हुन् उनलाई निर्माणमा राज कुमार श्रेष्ठले सघाएका छन्। टेली चलचित्रको छायाँकन एलेक्स पुडासैनीले गरेका हुन् भने सम्पादन बन्दे प्रसादले गरी रहेका छन्। ‘केशरी’मा आशा भुषालको अलावा लक्ष्मीनाथ तिमल्सिना,विनय राज पौडल,प्रदीप सिंह थापा,करुणा श्रेष्ठ,चण्डिका बस्नेत,रेशम फिरिरी,सुरज अधिकारी,समीर खनाल,स्मृति बस्नेत, डिम्पल खरेल,बिष्णु रोक्का लगायतका कलाकारको अभिनय रहेको छ। ‘केशरी’ बैशाख अन्तिम साताबाट प्रशारण सुरु गर्ने लक्ष्य राखिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.