डान्स ड्रामा ‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक



काठमाडौँ। रिनाषा राई राणाको निर्देशनमा बनेको चलचित्र ‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसरमा राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै बाबु र आफ्नो सपनाको दोधारमा अल्झिएको ज्याकीको कथामा निर्माण भएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
यो चलचित्र नेपालकै पहिलो डान्स ड्रामा फिल्म हो । चलचित्रमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ ।

बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘ज्याकी आई एम ट्वान्टी वान’ आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको हो। चलचित्रमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु बजाज, सुजता राई, सुर्यमन लिम्बु, विकास जोशी, प्रदीप लामा, सुशान्त गौतम, नारायणदेवी प्रधान, रिजोन परियार, विकास जोशी लगायतका कलाकारको अभिनय छ ।

सुशान्त प्रजापतिको छायांकन रहेको चलचित्रमा सोमनाथ खनाल र रेनशा राई रानाको संवाद, निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रमा रोहित शाक्य, स्वप्निल शर्मा, कालिप्रसाद बाँस्कोटाको संगीत, द वाइल्र्ड रिपर्ज क्रुको कोरियोग्राफी छ । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक रिनाषाले भनिन्–‘यो फिल्मले नेपाली समाजकै कथा भन्छ । अभाव, गरिबी, सपनाको दोसाधमा अल्झिएका यूवाहरुको कथालाई हामीले भन्ने कोशिश गरेका छौं । मलाई सधै नै चुनौती मनपर्छ । यो फिल्म पनि एउटा चुनौतीलाई स्विकार गरेको परिणाम हो ।’

नायक धिरज मगरले फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ दर्शकका लागि विल्कुलै फरक स्वादको फिल्म हुने बताए । उनले, यो फिल्मका लागि आफूले ३ बर्ष दिएको र दर्शकले त्यो मिहिनेतलाई स्विकार गर्ने विश्वास व्यक्त गरे । नायिका जसिता गुरुङले पनि फिल्मबाट आफूलाई आशा खुबै भएको बताइन् । फिल्ममा ‘रुबी’ पात्रको भूमिकामा देखिएकी जसिताले यो फिल्मले एउटा यूवतीको सपना भन्ने बताइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.