‘बिहेपास’, ‘बुलाकी’ र ‘जारी’ को भिडन्त



काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट तीन नेपाली चलचित्रले प्रदर्शन थालनी गरेका छन्। नयाँ बर्षको अवसर पारेर प्रवेश पौडेल निर्देशित चलचित्र ‘बिहेपास’,लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ र उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘जारी’प्रदर्शनमा आएका छन्।

दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहेपास’ को प्रस्तुतकर्तामा रोहित कटेल र कार्यकारी निर्मातामा रत्न श्रेष्ठ छन् । शिब ढकालले खिचेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्रको कथा मर्रे केर,आकाश बराल र सजन काफ्लले लेखेका हुन भने पटकथा आकाश र सजनले बुनेका हुन् । चलचित्रको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।

चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,बुद्धि तामाङ,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

टोपेन्द्र विष्टले निर्माण गरेको चलचित्र ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।

रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले बुलाकीबाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको चलचित्र शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ । बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रलाइ शिब ढकालले छायाँकन गरेका हुन्।

दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’मा प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन छ । सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता रामबाबु गुरुङ हुन् । चलचित्रमा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् ।