चलचित्र नखेलेकाहरूको सदस्यता खारेज गर्दै चलचित्र कलाकार संघ



काठमाडौँ। नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । बुधवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरूको सदस्यता खारेज गर्ने बताए।

सदस्यता खारेजीका लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि उनले स्पष्ट पारे । सदस्य बनेकाहरूले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यहरूले अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रहरूबारे जानकारी दिन आग्रह गरे।

‘सदस्यताको विषयमा कुरा आइरहेको छ । त्यसलाई हामी हाम्रो कार्यकालमा स्पष्ट गर्नेछौँ । जसले चलचित्र खेलेको छैन, हाम्रो विधानको परिधिभित्र जो छैन, त्यो सदस्य छ भने हामी निर्वाचनको प्रक्रियालाई पर्खेर बस्दैनौँ, हामी त्यसलाई खारेज नै गर्छौं,’ अध्यक्ष निरौलाले भने। उनले सदस्य नबनेकाहरूलाई अभिलेखीकरणका लागि आउन पनि आग्रह गरे।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.