चलचित्र ‘शिवानी’ को जम्मा ५ वटा टिकेट बिक्रि,५२० रुपैयाँ ग्रस आम्दानी



काठमाडौं । यो वर्ष रिलिज भएका ५ दर्जनभन्दा बढी चलचित्रमध्ये केही चलचित्र यस्ता छन्, जुन आएको र गएको समेत दर्शकले थाहा पाएनन् । यस्ता चलचित्रको सूचीमा अग्रस्थानमा आउँछ ‘शिवानी’ ।

सायद यो चलचित्रको नाम पनि धेरै कमले सुनेका छन् । कहिले हलमा लाग्यो र उत्रियो भन्ने कसैलाई थाहा छैन । तर, यसै वर्ष भदौ ३१ गते रिलिज भएको यो चलचित्रले ५२० रुपैयाँ ग्रस कलेक्सन गर्यो । एक घन्टा ५६ मिनेटको यो चलचित्र कुल ५ जनाले टिकट काटेर हेरेका थिए ।

नाम हेर्दा नारीप्रधान हुन सक्ने यो चलचित्रको निर्देशन रोनित विसुङ्खे र उत्तम प्रसाद खड्काले गरेका हुन् । चलचित्रमा छुल्ठीम गुरुङ, निर्मल शर्मा, उत्तम विष्ट, पूर्णिमा लामा, प्रसान्तकुमार यादव, उपेन्द्र खड्का, सोनु पौडेल, शिवानी खड्का, गोविन्द साह, विजय सिंह, कौशल किशोर साहको अभिनय रहेको छ ।

चलचित्र गत मंसिर २ गते युट्यूवमा रिलिज गरिएको थियो । युट्यूवको भ्युज पनि निराशाजनक छ । अहिलेसम्म ९ हजार ९ सय भ्यूज पाएको चलचित्रलाई २२७ जनाले लाइक गरेका छन् । कमेन्टहरु ६३ वटा मात्र छन् ।