आरोहणको ‘सपनाको घर’मा नम्रता र शिशिर (भिडियो)



काठमाडौँ। गायक तथा युवा उधमी आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा तयार भएको ‘सपनाको घर’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जेनेसिस इभेन्टस प्रा. लि. को पहिलो प्रस्तुति रहेको ‘सपनाको घर’ मा नम्रता सापकोटा तथा शिशिर शिवाकोटीको अभिनय रहेको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रेम कथामा आधारीत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोको निर्देशन युवा निर्देशक नारायण प्रधानले गरेका छन् । इलाम, झापा लगायतका स्थानमा छायांकन गरिएको म्युजिक भिडियोको छायांकन रोशन मर्हजन र अनिष तामाङले गरेका हुन। सपनको घरमा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.