गौरव र नम्रताको ‘नम्बरी सुन’ भदौ १ मा आउने



काठमाडौँ । राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘नम्बरी सुन’ भदौ १ गते बाट सार्वजनिक प्रदर्शनमा आउएन भएको छ । निर्देशक गिरीले चलचित्रको प्रदर्शन भदौ १ गते तय भएको जानकारी दिए । गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मान महर्जन लगायत कलाकारको मुख्य अभिनय रहेको चलचित्रका प्रस्तुतकर्ता नारायण खाती हुन् ।

काठमाडौँ, लम्जुङ्गको भुजुङ्ग गाउँ लगायतका स्थानमा छायांकन भएको फिल्ममा प्रस्तुतकर्ता खातीकै कथा रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । ‘नम्बरी सुन’ मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य,दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.