बर्दियाली कलाकार समाजकाे अध्यक्षमा गायक कमल



काठमाडौँ। नेपाली कला,भाषा, साहित्य,गीत, संगीत र संस्कृतिका विविध विधामा क्रियाशील बर्दियाली कलाकर्मीहरुकाे हकहितका लागी स्थापीत बर्दियाली कलाकार समाजकाे प्रथम साधारण सभा गत शनिबार सम्पन्न भएकाे छ।

संस्थाकाे प्रथम साधारण सभाबाट लाेक गायक तथा संगीतकार कमल बि. सी.’माल्दाई’काे अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरिएकाे छ ।
बर्दिया जिल्लाबाट प्रतिनिधित्त्व गर्दै कलाकारिता जगतमा स्थापित भएका तथा स्थापित हुन सँघर्षरत कलाकर्मीहरुको साझा संगठन बर्दियाली कलाकार समाजको प्रथम साधारण सभामा करिब २ सय जना भन्दा बढी बर्दियाबासी तथा बर्दिया जिल्लासंग नाता जाेडिएका गीतसंगीत, कला प्रेमीहरुकाे उपस्थिती रहेकाे थियाे।

साधारण सभालाई उदघाटन सत्र र बन्द सत्र गरी दूई भागमा विभाजन गरिएकाे थियाे भने कार्यक्रमकाे पहिलाे सत्रमा भूमि ब्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीलाई प्रमुख अतिथीकाे रुपमा निमन्त्रणा गरिएकाे थियाे भने पूर्व सिंचाई मन्त्री सन्जय गौतम, निवर्तमान खानेपानी मन्त्री अब्दुल खान, शान्ति चौधरी नागरिक उन्मुक्ति पाटीकी केन्द्रिय सदस्य सोमति थारु,राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय महासचिव शिब हमाल लगाएत विशिष्ट अतिथीकाे रुपमा, विभिन्न संघसंस्था पेशा,ब्यबसायमा आवद्द ब्यक्तित्वहरुकाे उपस्थिति रहेकाे थियाे।

यस्तै समाजका अध्यक्ष कमल बि.सी.ले कलाकारका हकहितमा काम गर्न र सुख दुखमा एकले अर्कोलाई सहयोग गर्न कलाकारहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको सहजीकरण महासचिव बि.पि. वाग्लेले गरेका थिए। समाजको उपाध्यक्षमा गायिका पुर्णकला बि.सि., महासचिवमा गायक तथा संगीतकार बि.पी. वाग्ले, सचिवमा गायक आर.के. थारु, कोषाध्यक्षमा गायिका अनिता चलाउने, सह-कोषाध्यक्षमा मोडल अञ्जली अधिकारी निर्बिरोध निर्बाचित भएका छन्।

यस्तै सदस्यहरु माेडेल टिका जैसी, कलाकार नरेश एम.सी., म्युजिसियन सन्देश अधिकारी, काेरियाेग्राफर अभिषेक वाग्ले, माेडेल अस्मिता पुरी, माेडेल प्रिजोल भण्डारी, गायक गगन बहादुर सिङ्ग, हास्यकलाकार युद्ध मगर, कलाकार महिमा कुश्मि, कलाकार केशब शाहि र कलाकार राजेश थारु समेत निर्वाचित भएका छन्। निर्वाचन मण्डलकाे संयाेजकमा संस्थाका कानूनी सल्लाहकार अधिवक्ता राजेन्द्र शर्मा, निर्वाचन अधिकृतमा गायक/संगीतकार भद्र वली एवम् संगीतकार कमल अधिकारी रहेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.