‘मिसेस ग्लोवल नेपाल २०२३’ को उपाधी लक्की शेर्पाले जितिन्



काठमाडौँ। चम्किलो ताज सँगै ‘मिसेस ग्लोबल नेपाल २०२३’ को उपाधी सोलुखुम्बुको लक्की शेर्पाले पहिरेकी छन्। हिमालयन मुभिजको आयोजनामा शुक्रवार राजधानिको म्युजिकसिटी स्टुडियोमा सम्पन्न कार्यक्रममा फस्ट रनरअप भूमिका बुढा मगर तथा सेकेन्ड रनरअप चन्द्रकला तामाङ हुन सफल भएका छन्।
अर्वाड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न विवाहित महिलाहरूको राष्ट्रियस्तरको उक्त सौन्दर्य प्रतियोगितामा प्रतियोगीहरूले करिब दुई साता सम्म व्यक्तित्व विकास, बोलचालको अभ्यास,स्टेज प्रस्तुति,क्याटवाक, फोटोसुट लगायतका विषयहरूमा प्रशिक्षण लिएका थिए।कार्यक्रममा सबटाइटल अवार्डहरू तर्फ मोस्टइन्टेलिजेन्ट लक्कीशेर्पा,बेस्ट फोटोजेनिक गीता बिक,मोस्टकन्फिडेन्ट चन्द्रकला तामाङ,मोस्टएक्टिभ ऋतु श्राफ, मोस्ट स्मार्ट सञ्जु प्रधान,मोस्ट डिलिजेन्ट उषाकुमारी शाह, मोस्ट एट्रेक्टिभ भूमिका बुढामगर,बेस्ट ड्रेसमा गीता बिक, मोस्ट पपुलर लक्की शेर्पा र पब्लिक चोयस भिडियो एवार्ड लक्की शेर्पाले हात पार्न सफल भएका छन्।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता विशाल बिष्ट, कलाकार सुष्मा अधिकारी, मोडल एवं मिस्टर ह्यान्डसम नेपाल अभिषेक खड्का,मिसेस नेपाल आइडल शर्मीला राई, मोडल जोर्डन राजभण्डारी र ब्युटिसियन नेपाल हेमा पुनः मगर रहेका थिए। कार्यक्रममा विविध आकर्षक नृत्यहरू समेत प्रस्तुत गरिएको थियो। विवाहित महिलाहरूको क्षमता, प्रतिभा प्रस्फुटन गराउने उद्देश्य लिएर यस कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जानकारी गराएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.