टेलिश्रृंखला ‘सर्खारको सर’ को दोश्रो भाग सार्वजनिक



काठमाडौं। सामाजिक कथावस्तुमा आधारित टेलिश्रृंखला ‘सर्खारको सर’ को दोश्रो भाग प्रशारण भएको छ । यो श्रृंखला प्रत्येक बुधवार राति ८ः४५ बजेदेखि नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण भई रहेकोछ । टेलिभिजन पश्चात डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गाउँमा हुने राजनीतिक ब्यङ्गलाई समेटेर निर्माण गरिएको सिरियलमा यथार्थ घटनालाई कथा बनाइएको छ।

‘सर्खारको सर’ मा राजनीतिक विकृति–विसंगतिसंगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको निर्माण टिमले बताएको छ । श्रृंखलाको निर्देशन बिनय राज पौडेलले गरेका छन् ।

रघुनाथ सापकोटा कार्यकारी निर्माता रहेको यो श्रृंखलामा दीपक आचार्य, रबिन्द्र झा, सिपि पुडासैनी, लीला केसी, जगदिश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ, सुरज अधिकारी, तलिसा गुरुङ, डिम्पल खरेल, सबिता खड्का, रमेश अधिकारी, बिरबल घले लगायतका कलाकारको अभिनय रहेको छ । राजेन्द्र बजगाईंको संगीत रहेको ‘सर्खारको सर’ को कथा रघुनाथ सापकोटाले लेखेका हुन् ।