‘दुई कदम’ को छायाँकन मुस्ताङमा



काठमाडौँ। उदय सुब्बाको निर्देशनमा चलचित्र ‘दुई कदम’को छायाँकन यतिवेला मुस्ताङमा भईरहेको छ । चैत्र १६ गतेबाट छायांकन सुरु भएको सिनेमाको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायाँकन गरिने निर्देशक सुब्बाले जानकारी दिए ।

दयाराम घिमिरेको कथा रहेको लभस्टोरी चलचित्रलाई तारा देवी लिम्बुले निर्माण गरेकी हुन्। चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ (भंगेरी) कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा विक्रम डिसीको छायाँकन, तारा प्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्धन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.