काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको कर कोषको सचिवालय अन्तर्गतको कार्यक्रम अनुसार विभिन्न स्थानमा सडक नाटक प्रस्तुत गरिएको छ। ‘साझा अभियान नेपालको’ प्रस्तुतीमामा धुम्रपान र शुर्तीजन्य पर्दाथको रोकथामका लागी, काठमाडौँ जिल्ला र ललितपुरका विभिन्न ६ स्थलमा ‘कुलत’ नामक सडक नाटक प्रस्तुस्त गरिएको हो ।
उक्त सडक नाटक पाटन दरवारको महारानी पोखरी, जावलाखेलको सदर चिडियाखाना, ललितपुरको खोकना, शंखमुलको सुकुम्बासी बस्ती, नयाँ बानेस्वरको छक्कु बक्कु मन्दिर र कोटेश्वरको महादेव स्थानमा देखाइएको हो । नाटकमा कलाकार अन्जान शर्मा, राधा श्रेष्ठ, जगदीश अधिकारी,रोहित कार्की र सीता आचार्यले आफ्नो अभिनय प्रस्तुत गरेका थिए। नाटकको लेखन एवं निर्देशन अमितेश शाहले गरेका हुन् ।