गायक तुलसी पराजुलीको एकल साँझ सम्पन्न



काठमाडौं। राजधानीमा काठमाडौँमा आयोजित चौबिसे समाज धनकुटाको सहकार्यमा वरिष्ट गायक तुलसी पराजुली एकल साँझ २०७९ प्रज्ञा भवन कमलादिमा सम्पन्न भएको छ। तामाझामका साथ भएको कार्यक्रम क्यान्सर र मृगौला रोगीहरुको उपचार कोष निर्माणका लागि गरिएको गायक पराजुलीले बताए। कार्यक्रममा बरिष्ट गितकार,डा.भोला रिजालले पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गरेका थिए।

बरिष्ट संगितकार शिला ब.मोक्तान देखि नेपाल कै उत्कृष्ट चौबिस जनाको समूहले बाद्यबादनमा साथ दिएको थिए। कार्यक्रममा कलाकार राजाराम पौडलले पनि दर्शकलाई थप मनोरञ्जन प्रस्तुत गरेका थिए। सोहि कार्यक्रममा गायिका प्रबिसा अधिकारी लगाएत अन्य गायिकाहरुले सह गायनमा गायक पराजुलीलाई साथ दिएका थिए।

एकल सांझ गरेर रोगीहरुको उपचारमा सहयोग गर्ने चाहाना आज पूरा भयो भन्दै गायक पराजुलीले खुसी व्यक्त गरे। तोकिएको समय भन्दा केहि ढिलो कार्यक्रम सुरु भएनि उत्कृट रहेको र उपस्थित दर्शकहरुले भरपूर मनोरञ्जन लिएको प्रस्ट देखिन्थ्यो। कार्यक्रममा गायक पराजुलीले आफ्ना १५ वटा गीतहरु प्रस्तुत गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.