‘आई एम ट्वान्टी वान’को दोश्रो गीत धिरज र जसिता बने ‘योद्धा’



काठमाडौँ। आउँदो वर्षको बैशाखको २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘आई एम ट्वान्टी वान’मा समावेश ‘योद्धा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

पहिलो गीत ‘कथा’ले दर्शकमाझ गज्जबको छाप छाडेपछि दोश्रो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ ।

सार्वजनिक गीतमा नायक धिरज मगर र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा डान्सका लागि धिरज र जसिताको मेहनत देखिएको छ ।

सुशान्त प्रजापतिको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ । सोमनाथ खनाल र रेनशा राई रानाको यो फिल्ममा संवाद छ ।

चलचित्रमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ । रेनशा राई रानाको निर्देशनमा तयार भएको चलचित्रलाई आइकोर फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो । द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफीमा चलचित्रका सबै गीतको भिडियो तयार पारिएको छ ।