कमलको ‘तुईन पारी’ मा नाजीर (भिडियो)



काठमाडौँ। कमल खत्रीको स्वर, शब्द र संगीत रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। गीतमा रिकेश गुरुङको संगीत संयोजन छ । हरि हुमागाँइले निर्देशन हुमागाँइले यस पटक पनि भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । भिडियोमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईँलाई देख्न सकिन्छ । नाजिरले भिडियोमा वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किने एक युवाको भूमिका निर्वाह गरेका छन् । सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँ र नाजिर हुसेनले निर्देशन गरेका हुन् ।

जसको कथा तथा पटकथा नाजिर हुसेनले नै लेखेका हुन् । भिडियोले विकट गाउँबाट प्रदेश जाने युवाले आफ्नो घरमा श्रीमतीलाई गाह्रो परेको खबर पाएर गाउँ फर्केर घर आइपुग्न साथ आफ्नी जीवनसंगीनीले नवजात शिशु मायाको चिनो दिएर संसार छाडी सकेको पीडालाई वास्तविक रूपमा देखाएको छ । भिडियोमा डिओपी तथा सम्पादन निर्देशक हुमागाँइकै रहेको छ भने उत्तम हुमागाईँको छायांकन रहेको छ । भिडियोमा प्रविन मानन्धरको भीएफएक्स र कलरिङ छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.