संचितालाई फकाउँदै सरोज र धिरेन (भिडियो)



काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका ३ चर्चित कलाकारहरु एकसाथ म्युजिक भिडियोमा देखिएका छन् । उनीहरु ‘शिरको नाम्लो’ बोलको म्युजिक भिडियोमा एकसाथ देखिएका हुन् । नायकद्धय सरोज खनाल र धिरेन शाक्यको साथमा नायिका संचिता लुइटेललाई गीतको भिडियोमा देख्न सकिन्छ । भिडियोमा संचिताका लागि सरोज र धिरेनको झगडा परेको समेत देखाइएको छ । संचिताले व्यवस्था गर्दा पनि धिरेन र सरोज उनको पछि पछि लागेको रमाइलो दृश्य भिडियोमा हेर्न सकिन्छ ।

सार्वजनिक गीतमा गायिका रानी शाक्य, गायकद्धय सिडी विजय अधिकारी र प्रताप दासको स्वर छ । गीतमा राजेश शाक्यको शब्द र सिडी विजय अधिकारीको संगीत छ । गीतकार राजेश शाक्यले रमाइला शब्दहरु समावेश गर्दै यो गीतको शब्द कोरेका छन् । प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाइको छायांकन, माधब बेलबासेको सम्पादन रहेको छ ।