बलिवुडमा एउटा सेटको लागि २ करोडको खर्च


बलीवुडमा निर्माणाधिन फिल्म ‘जन्जीर’ एक सीन शुटिङ गर्नका लागि निर्माण पक्षले दुई करोड भारतीय रुपियाँ खर्च गरेको छ। एउटा वस्तीको सेट लगाउन सो रकम खर्च भएको हो ।३० बर्ष अघि बनेको ‘जन्जीर’लाई अपूर्वाले रीमेक गरेकी हुन्। janjir posterपुरानो ‘जन्जीर’मा अमिताभ बच्चनले मुख्य भूमिका निभाएका थिए ।फाईटको सीन लिनका लागि दुई करोडको सेट मुम्बईमा नै लगाईएको थियो। मुख्य भूमिकामा रहेका अभिनेता राम चरनले सो सीनमा अभिनय गरेका छन् । फिल्मको सीक्वेंसमा रिसर्च र प्लानिङ गर्न टीमलाई दुई महिना लागेको बताईएको छ।सीनलाई सातवटा क्यामराले शूट गरिएको छ। सेटमा लगभग दुई हजार साना झुपडीका घर बनाईएका छन् ।

फिल्मका निर्माता साकेतले ‘स्लम वस्ती धारावी’को सेट बनाउदा खर्च बढेको बताए । १ सय २० फाइटर र ३ सय जूनियर कलाकार शुटिङका बेला सो स्थानमा थिए। शुटिङमा आवश्यक पर्ने केही कारहरु क्वालम्पुरबाट ल्याईएका थिए ।लगभग ७५ करोड रुपियाँमा बनेको ‘जन्जीर’ ६ सेप्टेम्बरमा रिलीज हुँदै छ। फिल्ममा राम चरन तेजाका साथै सञ्जय दत्त, प्रकाश राज र प्रियंका चोपडाको मुख्य भूमिका रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.