दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेमा



काठमाडौँ। निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा धमाधम भईरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । चलचित्रको छायांकनमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त छन् ।

मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्रलाई हिमाल शर्माले लगानी गरेका हुन् । चलचित्रमा आलोक शुक्लाको छायांकन छ । निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ यो बर्षको सुपरहिट फिल्म हो । उनले ‘घामपानी, गोपि, छ माया छपक्कै’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.