दीपकको ‘कामिनो’ का कलाकार फाइनल प्रदिप देखि भोला सम्म



काठमाडौं । निर्माण घोषणासँगै चर्चामा रहेको चलचित्र ‘कामिनो’ को कलाकार चयन कार्य समापन भएको छ । दीपक ओलीको निर्देशनमा निर्माण हुने चलचित्रमा केही समयअघि प्रदिप खड्का,वर्षा शिवाकोटी,नीति शाह हुदै राजबल्लभ कोइराला अनि शुक्रबार मात्रै अर्का अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए । निर्माण पक्षले सोमबार ‘कामिनो’ मा भोलाराज सापकोटा,प्रविण खतिवडा,रबिन्द्र झा,कुलदीप अधिकारी र आइपी आचार्यलाई अनुबन्ध गरेसँगै नेपाली कलाकारको ‘लाइन अप’ पूरा भएको जनाएको छ ।

एक्सेस नेपाल फिल्मस्को निर्माण,पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको चलचित्रको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । नेपाल र ल्याटिन अमेरिकाका विभिन्न स्थानमा छायांकन हुने चलचित्रको प्रमुख नेपाली कलाकार फाइनल भए तापनि एक जना भारतीय र एकजना ब्राजिलेयिन कलाकार भने छनौट गर्न बाँकी रहेको बताइन्छ ।

‘प्रमुख नेपाली कलाकार चयन कार्य सकिएको छ,’ निर्देशक ओलीेले भने,‘बाँकी बिदेशी कलाकार पनि केही दिनमै फाइनल गर्छाै ।’ बैशाख दोश्रो साताबाट छायांकन सुरु गरिने चलचित्रको हाल वर्कसप कार्य भइरहेको छ । सौरभ लामाले खिच्ने चलचित्रमा एसडि योगी र एलिस कार्कीको संगीत,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रको सहायक निर्देशकमा सागर श्रेष्ठ छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।