काठमाडौं । चलचित्र निर्देशक समाजको शनिबार सम्पन्न १५ औं महाधिवेशनबाट कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । अध्यक्षमा जनकदीप पराजुली निर्विरोध रुपमा चुनिएका छन् ।
उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात चुनिएका छन् ।
सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाई, उत्सव केसी र अमृतमान महर्जन निर्विरोध चुनिए । सह-सदस्य पदका लागि मात्र निर्वाचन सम्पन्न भयो । सीमा गुरुङ र रामकुमार श्रेष्ठ सह-सदस्य निर्वाचित भए । निर्वाचनलगत्तै बसेको पहिलो कार्यसमिति बैठकले कमल एक्चै मगर र भीषण राईलाई सदस्यमा मनोनित गरेको छ ।